असुरक्षित यौन सम्पर्कका कारण कम उमेरमै गर्भपतन गराउनेको संख्या बढ्यो, काठमाडौंमा यस वर्ष गर्भपतन गराउँने मध्ये २४ प्रतिशत किशोरी !
काठमाडौं । काठमाडौंमा गर्भपत गराउनेको संख्या बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंलेको तथ्यांकअनुसार बीस बर्षभन्दा कम उमेरका २४ प्रतिशत किशोरीले गर्भपतन गराउँछन् ।
चालु आर्थिक बर्षमा मात्रै काठमाडौंमा १३ हजार ५७ जनाले गर्भपतन गराएका छन् । जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असुरक्षित यौन सम्पर्कका कारण गर्भधारण गरेका बीस बर्ष मुनीका किशोरीको संख्या ३ हजार २ सय ६२ छ ।
आर्थिक बर्ष ०७२/७३ मा १५ हजार ३ सय ६ जनाले गर्भपतन गराउनेमध्ये ३० प्रतिशत किशोरी थिए । यस्तै, आर्थिक बर्ष ०७३÷७४ मा १३ हजार ५७ जनाले गर्भपतन गराएका थिए ।
त्यसमा २४ प्रतिशत किशोरीको संख्या थियो । पूर्ण शारीरिक विकास नभई गराइने गर्भपतनले स्वास्थ्यमा दीर्घकालिन असर पर्नुका साथै मातृ मृत्युदर बढाउने विशेषज्ञको भनाइ छ ।
Comments
Post a Comment