Skip to main content

Posts

Showing posts from February, 2018

प्रदेश १ का उच्च पदस्थका लागि सरकारी आवासको खोजी जारी

मोरङ । प्रदेशस्तरीय कार्यालय व्यवस्थापन र सञ्चालनमा कर्मचारीलाई निकै सकस परेको छ । मन्त्रालयका लागि भवन खोज्ने झन्झट व्यहोरेका कर्मचारी यतिबेला उच्च पदस्थ अधिकारीको सरकारी आवासका कारण पिरोलिएका छन् । सरकारी आवासको प्रबन्ध नहुँदा कतिपय मन्त्री होटलमा बसिरहेका छन् भने कतिपय घरबाटै धाउन बाध्य छन् । प्रदेश एकको अस्थायी मुकाम विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको कार्यालयगत संरचना बनेको छ । बल्ल–बल्ल मन्त्रालय भवनको व्यवस्था मिलाएका कर्मचारी यतिबेला प्रदेशका उच्च पदस्थ अधिकारीको आवास कहाँ बनाउने भन्ने पिरलोमा छन् । मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीका साथै सचिवलगायतमा उच्च अधिकारीका लागि आवासको व्यवस्थापनमा निकै कठिन बनेको हो । सरकारी आवासको व्यवस्था नभएका कारण प्रदेश प्रमुख गोविन्द सुब्बा सुनसरी मोरङ सिंचाई आयोजना र मुख्यमन्त्री शेरधन राई नेपाल राष्ट्रिय बैंकको गेष्ट हाउसमा बस्दै आएका छन् । मुख्यमन्त्रीको कार्यालयले राष्ट्र बैंकको गेष्ट हाउसको विकल्प खोजिरहेपनि भेटेको छैन । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र आर्थिक मामिला तथा यो...

प्रदेश १ मा कांग्रेसले संसदीय दलको नेता चुन्यो

मोरङ । एक नम्बर प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियतामा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता चुनेको छ । संसदीय दलको नेतामा राजीव कोइराला निर्वाचित हुनु भएको छ । सोमवार नेपाली कांग्रेस मोरङको कार्यालयमा भएको संसदीय दलको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो । तर, दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध हुनु भएको हो । संसदीय दलका आकांक्षी केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित हुनुभएको हो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव भएर काम गरिसकेका थापालाई उम्मेदवारी फिर्ता गराउन निर्वाचन कार्यक्रम नै सार्नु परेको थियो । दलको नेता निर्वाचित कोइरालाले एक नम्बर प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सभागीता जनाउने छन् । एक नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका २१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

सडक विस्तारको क्रममा बालाजु–बाइपास क्षेत्रका ४५ घरपरिवार विस्थापित

काठमाडौं । सडक विस्तारको क्रममा काठमाडौं स्थित बालाजु–बाइपास क्षेत्रका ४५ घरपरिवार विस्थापित भएका छन् । बर्षौदेखि भोगचलन गर्दै आएको जमिन सडक क्षेत्रमा परेको भन्दै खोसिएपछि उनीहरु विस्थापित भएका हुन । काठमाडौंको बालाजु–बाइपास क्षेत्रमा सडक विस्तारको क्रममा ४५ घरपरिवार उठिबास भए । वर्षौदेखि भोगचलन गर्दै आएको जमिन खोसिएपछि उनीहरु बिचल्लीमा परेका हुन । सडक विस्तारको क्रममा विस्थापित भएकाहरु विक्रम संवत् २००५ सालदेखि यसै क्षेत्रमा बसोबास गर्दै आएका दावी गर्छन् । उनीहरुले सडक विभागको नियमअनुसार सडकको केन्द्र भागबाट ७–७ मिटर कायम रहने गरी जग्गा छोडिदिएका थिए । तर, सडक विस्तारसँगै उनीहरुको घरमा पनि डोजर लाग्यो । सडक सविस्तारको क्रममा घरबार गुमाएकाहरुले बचेको जमिनमा घर टहरा बनाउन सुरु गरेका थिए । तर, बाँकी रहेको जमिनमा पनि स्थानीय प्रशासनले घर बनाउन दिएन । बचेको जमिनमा बनाएको घर पनि प्रहरीले भत्काएको विस्तापितहरुले बताएका छन् । स्थानीय राजनीतिक दल र प्रहरीको मिलेमतोमा बचेको आफ्नो जमिनमा पनि घर बनाउन नपाएको उनीहरु गुनासो गर्छन । सडक स्तरोन्तीका लागि सडकको दायाँबायाँ ७–७ मिटर फराकिलो बना...

विष्फोटमा परी राज्यसभा निर्वाचनका उम्मेदवारसहित चारको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राती भएको विष्फोटमा परी चुनावी अभियानमा रहेका एक जना राजनीज्ञसहित चार जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ । विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार रहेका ४३ वर्षीय जोनाथन एन साङ्माको निधन भएको हो । उहाँ निर्वाचनकै सिलसिलामा ‘इस्ट गारो हिल्स’ जिल्लामा सम्वोधनका लागि जानुभएको थियो । मत्यु भएका अन्य दुई जना सामान्य नागरिक र एक प्रहरी रहेका बताइएको छ । उनीहरू साङ्माको निर्वाचन अभियानमा सहयोग गर्न उहाँकै कारमा यात्रा गरिरहेका थिए । उक्त क्षेत्र चीन, भुटान, नेपाल, म्यानमार र बङ्गलादेशको सिमानामा रहेको भूभाग हो । मेघालयमा ६० सदस्यीय राज्यसभाको लागि यही फेब्रुवरी २७ मा निर्वाचन हुने कार्यक्रम छ । मुख्यमन्त्री मुकुल साङ्माले घटना राजनीतिक प्रतिशोध लिन गराइएको हुनसक्ने बताउँदै यसबारे थप कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताउनुभयो । उहाँले मेघालयको शान्तिपूर्ण वातावरणलाई निर्दोष नागरिकको हत्याले नखल्वलाउने दावी गर्दै विष्फोटमा सम्लग्नलाई कानूनी दायरामा ल्याएर छोड्ने ट्वीटरमार्फत बताउनुभयो ।

काठमाडौंमा गर्भपतन गराउनेमध्ये २४ प्रतिशत बीस बर्षभन्दा कम उमेरका

असुरक्षित यौन सम्पर्कका कारण कम उमेरमै गर्भपतन गराउनेको संख्या बढ्यो, काठमाडौंमा यस वर्ष गर्भपतन गराउँने मध्ये २४ प्रतिशत किशोरी ! काठमाडौं । काठमाडौंमा गर्भपत गराउनेको संख्या बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंलेको तथ्यांकअनुसार बीस बर्षभन्दा कम उमेरका २४ प्रतिशत किशोरीले गर्भपतन गराउँछन् । चालु आर्थिक बर्षमा मात्रै काठमाडौंमा १३ हजार ५७ जनाले गर्भपतन गराएका छन् । जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असुरक्षित यौन सम्पर्कका कारण गर्भधारण गरेका बीस बर्ष मुनीका किशोरीको संख्या ३ हजार २ सय ६२ छ । आर्थिक बर्ष ०७२/७३ मा १५ हजार ३ सय ६ जनाले गर्भपतन गराउनेमध्ये ३० प्रतिशत किशोरी थिए । यस्तै, आर्थिक बर्ष ०७३÷७४ मा १३ हजार ५७ जनाले गर्भपतन गराएका थिए । त्यसमा २४ प्रतिशत किशोरीको संख्या थियो । पूर्ण शारीरिक विकास नभई गराइने गर्भपतनले स्वास्थ्यमा दीर्घकालिन असर पर्नुका साथै मातृ मृत्युदर बढाउने विशेषज्ञको भनाइ छ ।

विद्युतीय धरापमा परी २७ अर्धसैनिकको मृत्यु

बगदाद । इराकको किर्कुक प्रान्त अन्तर्गत पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी २७ जना भन्दा बढीको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस)ले थापेको धरापमा परी मृत्यु हुनेहरू सवै जना हासद शाबीका अर्थसैन्य लडाकू रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका वेला आइतबार राती सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ । हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको १६औ बाहिनीका २२ अर्धसैनिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ । धरापमा परी अर्धसैिनकका आठ ओटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फको कुनै क्षतिबारेमा जानकारी नआएको अधिकारीहरुले सिन्ह्वालाई जानकारी दिएका छन् ।

प्रजातन्त्र दिवसको अबसरमा काठमाडौंको सैनिकमञ्चमा विशेष समारोह

काठमाडौं । ६८औं प्रजातन्त्र दिवस विभिनन कार्यक्रम गरि मनाईएको छ । दिवसको अबसरमा काठमाडौंमा विशेष समारोह गरिएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश सहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए । समारोहमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सलामी अर्पण गरेको थियो भने राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुलीले शान्तिको कामना गर्दै सेतो परेवा उडाएका थिए । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको दावी गर्नुभयो । नागरिकको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति तथा कार्यक्रमबाट नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । यसअघि नेपाली सेनाका हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो भने सेना, नेपाल प्रहर...

माओवादीको अडान पछि हट्यो, ‘वान टु वान’ पछि एकताको कुरा मिल्यो

काठमाण्डु, ७ फागुन – एमाले र माओवादीबीचको एकतामा बाधक बनेको सैद्धान्तिकपक्ष टुंगिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पार्टीका केही नेताहरुसँगको अनौपचारिक बैठकमा एकताका विषयमा देखिएको सैद्धान्तिक पक्ष हल भएको बताएका हुन् । अव दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त बहसमा जान्छन् र महाधिवेशनबाट हल हुन्छन ।’ बैठकमा सहभागी माओवादी नेता जनार्दन शर्माले भने ।जुम्लामा उत्पादित रातो चामलको भात खाँदै केपी ओलीसँग ५ घण्टा वार्ता गरेपछि माओवादी अध्यक्ष प्रचण्ड सरकारमा सहभागिता हुन सहमत भएका छन् । प्रचण्ड ‘कन्भिन्स’ भएसँगै अब माओवादी केन्द्र सरकारलाई फ्लोरबाट मात्रै समर्थन गर्ने पूर्वअडानबाट पछि हटेको छ । गत बुधबार पार्टी एकताबारे सहमति हुन नसकेपछि माओवादीले सरकारमा आफ्नो दलबाट मन्त्रीहरु पठाएको छैन । एकता टुंगोमा नपुगे सरकारलाई बाहिरैबाट समर्थन गर्ने विकल्पबारे माओवादीमा छलफल चलेको थियो । र, यही कारण ओली सरकारको पहिलो क्याबिनेट माओवादीविहीन भयो । तर, आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग झण्डै पाँच घन्टा भएको ‘वान टु वान’ वार्ता सकारात्मक रहेको माओवादी अध्यक्ष प्रचण्डले पार्टी ने...

कान्तिपुर जनताको साझा सम्पत्ति : अध्यक्ष सिरोहिया

काठमाडौँ — कान्तिपुर कुनै निजी कम्पनी मात्रै नरहेर राष्ट्रिय संस्था सरह भएको र जनताको साझा सम्पत्ती भएको कान्तिपुर मिडिया गु्रप (केएमजी)का अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले बताएका छन् । कान्तिपुरको २५ औं रजत बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिरोहियाले यस्तो बताएका हुन् । सोही अवसरमा अध्यक्ष एवं प्रबन्ध निर्देशक सिरोहियाले हरेक बर्ष विभिन्न चार क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई ‘कान्तिपुर आईकन’ प्रदान गरिने यसका लागि चारैवटा स्वतन्त्र जुरीले आम जनताबाट आएका नामहरुबाट विजेता छान्ने काम गरिरहेको पनि बताए। केएमजीले आउँदो बैशाखमा अन्तराष्ट्रिय सहभागीतासहितको ‘कान्तिपुर कन्क्लेभ’को आयोजना गर्न लागेको पनि सिरोहियाले समारोहमा घोषणा गरे। बार्षिकोत्सव समारोहमा बोल्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माले कान्तिपुर मिडिया ग्रुपले नेपाली मिडिया इतिहासमा अविछिन्न २५ बर्षे लामो यात्राको कीर्तिमान राखेको बताए। यसको मूल्याकंन इतिहासले गर्ने भन्दै प्रधानसम्पादक शर्माले निर्भिक पत्रकारितालाई कान्तिपुरले जारी राख्ने बताए। दी काठमान्डू पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले ...

फागुन ८ गते नेपाल बन्द, थाहा पाउनुहोस् कारण गम्भीर छ !

नेपाल कम्युनिष्ट पार्टीले फागुन ८ गते नेपाल बन्दको आव्हान गरेको छ । आफ्ना नेता-कार्यकर्ताहरुमाथि बिनाकारण दमन गरेको भन्दै नेकपाले त्यसको विरोधमा ८ गते नेपाल बन्दको घोषणा गरेको हो पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेआइतबार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नामबाट सरकारमा पुगेका ओलीले आफ्नो पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाएको बताएका छन् । उनले यो गिरफ्तारीको घोर भर्तसना समेत गरेका छन् । राष्ट्रिय युवा जनस्वयं नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि विराटनगर पुगेका नेकपा स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका २ सय बढी नेताह कार्यकर्तारु गिरफ्तार परेपछि महासचिव विप्लवले त्यसको कडा शब्दमा निन्दा गरेका छन् । ‘विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ । यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ ।’ महासचिवद्वारा जारी गरिएको विज्ञप्तिमा...