Skip to main content

कान्तिपुर जनताको साझा सम्पत्ति : अध्यक्ष सिरोहिया

काठमाडौँ — कान्तिपुर कुनै निजी कम्पनी मात्रै नरहेर राष्ट्रिय संस्था सरह भएको र जनताको साझा सम्पत्ती भएको कान्तिपुर मिडिया गु्रप (केएमजी)का अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले बताएका छन् । कान्तिपुरको २५ औं रजत बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सिरोहियाले यस्तो बताएका हुन् ।



सोही अवसरमा अध्यक्ष एवं प्रबन्ध निर्देशक सिरोहियाले हरेक बर्ष विभिन्न चार क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई ‘कान्तिपुर आईकन’ प्रदान गरिने यसका लागि चारैवटा स्वतन्त्र जुरीले आम जनताबाट आएका नामहरुबाट विजेता छान्ने काम गरिरहेको पनि बताए। केएमजीले आउँदो बैशाखमा अन्तराष्ट्रिय सहभागीतासहितको ‘कान्तिपुर कन्क्लेभ’को आयोजना गर्न लागेको पनि सिरोहियाले समारोहमा घोषणा गरे।


बार्षिकोत्सव समारोहमा बोल्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माले कान्तिपुर मिडिया ग्रुपले नेपाली मिडिया इतिहासमा अविछिन्न २५ बर्षे लामो यात्राको कीर्तिमान राखेको बताए। यसको मूल्याकंन इतिहासले गर्ने भन्दै प्रधानसम्पादक शर्माले निर्भिक पत्रकारितालाई कान्तिपुरले जारी राख्ने बताए।


दी काठमान्डू पोस्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले लोकतन्त्रका प्रति प्रतिबद्धता र सम्पादकीय स्वतन्त्रताका कारण कान्तिपुरको लामो यात्रा सम्भव भएको बताए। साप्ताहिक र नारीका प्रधान सम्पादक सुवास ढकाल र नेपाल साप्ताहिकका प्रधानसम्पादक प्रशान्त अर्यालले पनि कान्तिपुरको अविछिन्न यात्रा लोकतन्त्रको पहरेदारी भएको बताए।
कार्यक्रममा कान्तिपुर मिडिया ग्रपुका प्रकाशन र रेडियो कान्तिपुरमा उत्कृष्ट कार्यसम्पादन गर्ने पत्रकार तथा कर्मचारीहरुलाई पुरस्कृतसमेत गरिएको थियो। कान्तिपुर दैनिकमा उत्कृष्ट कार्यसम्पादन गरेका संवाददाता दुर्गा खनाल र झापा संवाददाता पर्वत पोर्तेल उत्कृष्ट पत्रकारिता पुरस्कारसहित सम्मानित भए भने दी काठमाडौं पोस्टका लेखनाथ पन्त, नेपाल साप्ताहिकका राजकुमार बानिया र साप्ताहिकका जनक तिमिल्सेना पनि उत्कृष्ट पत्रकारिता पुरस्कारसहित सम्मानित भए।


त्यस्तै कर्मचारीहरु हरेराम रायमाझी, धीरेन्द्रकुमार शाह, सन्जिप बुढाथोकी, राकेश सिंह, सिम्रन श्रेष्ठ, बिनोद भट्ट, नरेश पन्जियार उत्कृष्ट कार्यसम्पादन गरेबापत पुरस्कृत भए। रेडियो कान्तिपुरका कमला गुरुङ, उद्धवकुमार श्रेष्ठ, ईस्मिता राना, नवराज भण्डारी, सुशान्त ढुंगेल र सविता थापा पनि उत्कृष्ट कार्यसम्पादन गरेवापत सम्मानित भए।


रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रेस ईन्स्टिच्युटबाट संचालित २०७३/७४ को आधारभुत पत्रकारिता तालिमका उत्कृट विधार्थी विवेकराज शर्मा, २०७३/७४ को कक्षा १२ को पत्रकारिता विषयमा सर्वाधिक अंक प्राप्त गरी उर्तिण हुने शितल संग्रौला र त्रिभुवन विश्वविद्यालय अन्र्तगतको स्नातक तहको मानविकी तथा सामाजिक शास्त्रतर्फको पत्रकारिता विषयमा सर्वाधिक अंक ल्याई उर्तिण हुने अन्जना शर्मालाई कान्तिपुर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो। कान्तिपुरले उत्कृष्ट तीन विज्ञापन एजेन्सीहरुलाई पनि सम्मानित गर्‍यो।


म्याक्स मिडिया प्रालिले पहिलो, थम्सन मिडिया प्रालिले दोस्रो र मिडिया बास्केट प्रालिले तेस्रो स्थान हासिल गर्दै सम्मान पत्र पाए। रजत जयन्तीको उपलक्ष्यमा विभिन्न कालखण्डदेखि कान्तिपुरसँग आवद्ध रहेर योगदान पुऱ्याउने ५२ विज्ञापन एजेन्सीलाई समेत कान्तिपुरले टोकन अफ लभ वितरण गरेको छ।


सर्वोत्कृष्ट सेवा प्रदान गरेवापत पत्रिकाका डिलर एजेन्सीहरुलाई पनि कान्तिपुरले सम्मानित गरेको छ। झापा विर्तामोडको जिविका ईन्टरप्राईजेजका घनश्याम खनाल, ललितपुरको अनु बुक्सका रघुनाथ मर्हजन, धादिङको त्रिपुरा फेन्सी एण्ड स्टेसनरीका नारायण कुमार श्रेष्ठले क्रमश पहिलो, दोस्रो र तेस्रो पुरस्कार पाएका छन्। कान्तिपुरसँग लामो कालखण्डदेखि आवद्ध भई सेवा विस्तार गर्ने १ सय ९६ डिलहरुलाई समेत मायाको चिनो वितरण गर्ने भएको छ।


कार्यक्रममा २५ वर्षदेखि अविछिन्न रुपमा कान्तिपुर मिडिया ग्रुपमा रहेर काम गर्ने सम्पादक हरिबहादुर थापा, वितरण विभागका सहायक प्रबन्धक किशोर बस्नेत सहायक बरिष्ठ उपसम्पादक गोपाल तिवारीलगायत २६ जना सम्मानित भए। सम्मानितलाई अध्यक्ष एवं निर्देशक सिरोहियाले कदरपत्र र २५ बर्ष पुगेको अवसरमा निकालिएको चाँदीको विशेष सिक्का प्रदान गरेका थिए।


कान्तिपुर मिडिया ग्रुपको विभिन्न विभाग तथा शाखामा रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई बिशेष प्रोत्साहन पुरस्कार पनि प्रदान गरियो। प्रोत्साहन पुरस्कार पाउनेमा सम्पादकीय विभागमा आवद्ध फोटो पत्रकार अंगद ढकाल, कान्तिपुरका कालिकोट संवाददाता तुलाराम पाण्डे, बझाङ संवाददाता बसन्त प्रताप सिंह, लमजुङ संवाददाता आश गुरुङ र बारा संवाददाता लक्ष्मी शाह छन्।


यस्तै, प्रशासनका अपुर्व भट्टराई, सुनिल बस्नेत, देवीबहादुर खडका, मनोज कर्माचार्य, भीम पाण्डे, विश्वराज अधिकारी, खेम चौधरी र डिलबहादुर बडुवालले पनि प्रोत्साहन पुरस्कार पाएका छन्। वितरक ध्रुवकुमार विष्ट, आईसिंह तामाङ, रामप्रित महतो, चिरन्जिवी पुडासैनी, भुवन कँडेल, मुकुन्द खडका, हरीप्रसाद भट्ट, तिलक बराल, रविन्द्र थापा, कृष्ण प्रसाद भण्डारी, सुर्दशन घिमिरे, मनिराम मर्हजन, लक्ष्मी प्रसाद सुवाल, टेकबहादुर श्रेष्ठ, यज्ञप्रसाद डोटेल, नुरप्रसाद तिवारी, संजयध्वज जोशी नगद पुरस्कारसहित सम्मानित भएका छन्। बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद र हाजिरजवाफ प्रतियोगीताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो।

Comments

Popular posts from this blog

प्रदेश १ मा कांग्रेसले संसदीय दलको नेता चुन्यो

मोरङ । एक नम्बर प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियतामा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता चुनेको छ । संसदीय दलको नेतामा राजीव कोइराला निर्वाचित हुनु भएको छ । सोमवार नेपाली कांग्रेस मोरङको कार्यालयमा भएको संसदीय दलको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो । तर, दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध हुनु भएको हो । संसदीय दलका आकांक्षी केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित हुनुभएको हो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव भएर काम गरिसकेका थापालाई उम्मेदवारी फिर्ता गराउन निर्वाचन कार्यक्रम नै सार्नु परेको थियो । दलको नेता निर्वाचित कोइरालाले एक नम्बर प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सभागीता जनाउने छन् । एक नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका २१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

विष्फोटमा परी राज्यसभा निर्वाचनका उम्मेदवारसहित चारको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राती भएको विष्फोटमा परी चुनावी अभियानमा रहेका एक जना राजनीज्ञसहित चार जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ । विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार रहेका ४३ वर्षीय जोनाथन एन साङ्माको निधन भएको हो । उहाँ निर्वाचनकै सिलसिलामा ‘इस्ट गारो हिल्स’ जिल्लामा सम्वोधनका लागि जानुभएको थियो । मत्यु भएका अन्य दुई जना सामान्य नागरिक र एक प्रहरी रहेका बताइएको छ । उनीहरू साङ्माको निर्वाचन अभियानमा सहयोग गर्न उहाँकै कारमा यात्रा गरिरहेका थिए । उक्त क्षेत्र चीन, भुटान, नेपाल, म्यानमार र बङ्गलादेशको सिमानामा रहेको भूभाग हो । मेघालयमा ६० सदस्यीय राज्यसभाको लागि यही फेब्रुवरी २७ मा निर्वाचन हुने कार्यक्रम छ । मुख्यमन्त्री मुकुल साङ्माले घटना राजनीतिक प्रतिशोध लिन गराइएको हुनसक्ने बताउँदै यसबारे थप कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताउनुभयो । उहाँले मेघालयको शान्तिपूर्ण वातावरणलाई निर्दोष नागरिकको हत्याले नखल्वलाउने दावी गर्दै विष्फोटमा सम्लग्नलाई कानूनी दायरामा ल्याएर छोड्ने ट्वीटरमार्फत बताउनुभयो ।

विद्युतीय धरापमा परी २७ अर्धसैनिकको मृत्यु

बगदाद । इराकको किर्कुक प्रान्त अन्तर्गत पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी २७ जना भन्दा बढीको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस)ले थापेको धरापमा परी मृत्यु हुनेहरू सवै जना हासद शाबीका अर्थसैन्य लडाकू रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका वेला आइतबार राती सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ । हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको १६औ बाहिनीका २२ अर्धसैनिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ । धरापमा परी अर्धसैिनकका आठ ओटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फको कुनै क्षतिबारेमा जानकारी नआएको अधिकारीहरुले सिन्ह्वालाई जानकारी दिएका छन् ।