Skip to main content

माओवादीको अडान पछि हट्यो, ‘वान टु वान’ पछि एकताको कुरा मिल्यो

काठमाण्डु, ७ फागुन – एमाले र माओवादीबीचको एकतामा बाधक बनेको सैद्धान्तिकपक्ष टुंगिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज पार्टीका केही नेताहरुसँगको अनौपचारिक बैठकमा एकताका विषयमा देखिएको सैद्धान्तिक पक्ष हल भएको बताएका हुन् ।

अव दुवै पार्टीका मार्ग निर्देशक सिद्धान्त बहसमा जान्छन् र महाधिवेशनबाट हल हुन्छन ।’ बैठकमा सहभागी माओवादी नेता जनार्दन शर्माले भने ।जुम्लामा उत्पादित रातो चामलको भात खाँदै केपी ओलीसँग ५ घण्टा वार्ता गरेपछि माओवादी अध्यक्ष प्रचण्ड सरकारमा सहभागिता हुन सहमत भएका छन् ।

प्रचण्ड ‘कन्भिन्स’ भएसँगै अब माओवादी केन्द्र सरकारलाई फ्लोरबाट मात्रै समर्थन गर्ने पूर्वअडानबाट पछि हटेको छ । गत बुधबार पार्टी एकताबारे सहमति हुन नसकेपछि माओवादीले सरकारमा आफ्नो दलबाट मन्त्रीहरु पठाएको छैन । एकता टुंगोमा नपुगे सरकारलाई बाहिरैबाट समर्थन गर्ने विकल्पबारे माओवादीमा छलफल चलेको थियो ।

र, यही कारण ओली सरकारको पहिलो क्याबिनेट माओवादीविहीन भयो । तर, आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग झण्डै पाँच घन्टा भएको ‘वान टु वान’ वार्ता सकारात्मक रहेको माओवादी अध्यक्ष प्रचण्डले पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् । र, अब सरकार बाहिरै बस्ने परिस्थिति टरेको प्रचण्डले पार्टी नेताहरुलाई बताएका छन् ।

सोमबार बिहान पार्टी नेताहरुसँग भएको आन्तरिक छलफलमा प्रचण्डले आजै ओलीसँग ‘वान टु वान’ वार्ता हुने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताबारे ठोस सहमति हुने ‘ब्रिफिङ’ गरेका छन् ।

प्रचण्डलाई उधृत गर्दै माओवादी नेताले दिएको जानकारी अनुसार जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनवाद, माओवाद लगायतका बैचारिक–राजनीतिक विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्दै जान केपी ओली सहमत भएका छन् ।

Comments

Popular posts from this blog

प्रदेश १ मा कांग्रेसले संसदीय दलको नेता चुन्यो

मोरङ । एक नम्बर प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियतामा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता चुनेको छ । संसदीय दलको नेतामा राजीव कोइराला निर्वाचित हुनु भएको छ । सोमवार नेपाली कांग्रेस मोरङको कार्यालयमा भएको संसदीय दलको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो । तर, दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध हुनु भएको हो । संसदीय दलका आकांक्षी केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित हुनुभएको हो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव भएर काम गरिसकेका थापालाई उम्मेदवारी फिर्ता गराउन निर्वाचन कार्यक्रम नै सार्नु परेको थियो । दलको नेता निर्वाचित कोइरालाले एक नम्बर प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सभागीता जनाउने छन् । एक नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका २१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

विष्फोटमा परी राज्यसभा निर्वाचनका उम्मेदवारसहित चारको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राती भएको विष्फोटमा परी चुनावी अभियानमा रहेका एक जना राजनीज्ञसहित चार जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ । विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार रहेका ४३ वर्षीय जोनाथन एन साङ्माको निधन भएको हो । उहाँ निर्वाचनकै सिलसिलामा ‘इस्ट गारो हिल्स’ जिल्लामा सम्वोधनका लागि जानुभएको थियो । मत्यु भएका अन्य दुई जना सामान्य नागरिक र एक प्रहरी रहेका बताइएको छ । उनीहरू साङ्माको निर्वाचन अभियानमा सहयोग गर्न उहाँकै कारमा यात्रा गरिरहेका थिए । उक्त क्षेत्र चीन, भुटान, नेपाल, म्यानमार र बङ्गलादेशको सिमानामा रहेको भूभाग हो । मेघालयमा ६० सदस्यीय राज्यसभाको लागि यही फेब्रुवरी २७ मा निर्वाचन हुने कार्यक्रम छ । मुख्यमन्त्री मुकुल साङ्माले घटना राजनीतिक प्रतिशोध लिन गराइएको हुनसक्ने बताउँदै यसबारे थप कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताउनुभयो । उहाँले मेघालयको शान्तिपूर्ण वातावरणलाई निर्दोष नागरिकको हत्याले नखल्वलाउने दावी गर्दै विष्फोटमा सम्लग्नलाई कानूनी दायरामा ल्याएर छोड्ने ट्वीटरमार्फत बताउनुभयो ।

विद्युतीय धरापमा परी २७ अर्धसैनिकको मृत्यु

बगदाद । इराकको किर्कुक प्रान्त अन्तर्गत पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी २७ जना भन्दा बढीको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस)ले थापेको धरापमा परी मृत्यु हुनेहरू सवै जना हासद शाबीका अर्थसैन्य लडाकू रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका वेला आइतबार राती सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ । हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको १६औ बाहिनीका २२ अर्धसैनिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ । धरापमा परी अर्धसैिनकका आठ ओटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फको कुनै क्षतिबारेमा जानकारी नआएको अधिकारीहरुले सिन्ह्वालाई जानकारी दिएका छन् ।