काठमाडौं । सडक विस्तारको क्रममा काठमाडौं स्थित बालाजु–बाइपास क्षेत्रका ४५ घरपरिवार विस्थापित भएका छन् । बर्षौदेखि भोगचलन गर्दै आएको जमिन सडक क्षेत्रमा परेको भन्दै खोसिएपछि उनीहरु विस्थापित भएका हुन ।
काठमाडौंको बालाजु–बाइपास क्षेत्रमा सडक विस्तारको क्रममा ४५ घरपरिवार उठिबास भए । वर्षौदेखि भोगचलन गर्दै आएको जमिन खोसिएपछि उनीहरु बिचल्लीमा परेका हुन । सडक विस्तारको क्रममा विस्थापित भएकाहरु विक्रम संवत् २००५ सालदेखि यसै क्षेत्रमा बसोबास गर्दै आएका दावी गर्छन् ।
उनीहरुले सडक विभागको नियमअनुसार सडकको केन्द्र भागबाट ७–७ मिटर कायम रहने गरी जग्गा छोडिदिएका थिए । तर, सडक विस्तारसँगै उनीहरुको घरमा पनि डोजर लाग्यो ।
सडक सविस्तारको क्रममा घरबार गुमाएकाहरुले बचेको जमिनमा घर टहरा बनाउन सुरु गरेका थिए । तर, बाँकी रहेको जमिनमा पनि स्थानीय प्रशासनले घर बनाउन दिएन । बचेको जमिनमा बनाएको घर पनि प्रहरीले भत्काएको विस्तापितहरुले बताएका छन् । स्थानीय राजनीतिक दल र प्रहरीको मिलेमतोमा बचेको आफ्नो जमिनमा पनि घर बनाउन नपाएको उनीहरु गुनासो गर्छन ।
सडक स्तरोन्तीका लागि सडकको दायाँबायाँ ७–७ मिटर फराकिलो बनाउने गरी दुबैतर्फका संरचना भत्काउने सहमति भएको थियो । तर, सहमति विपरित बाइसधारादेखि अष्टनारायण हलसम्मको कुनापट्टिको भागमा सडक विस्तार गरिएको पीडितले आरोप लगाएका छन् ।
२०२६ सालमा तत्कालिन प्रधानपञ्च बेखराम श्रेष्ठले घर बनाएर बस्न लिखित अनुमति दिएको आधारमा विस्थापितहरु यतिखेर बस्न पाउनुपर्ने माग गरिरहेका छन् ।
विस्तापितहरुका अनुसार २०३१ सालमा सडक सीमा निर्धारण गर्दा सडक क्षेत्रभन्दा बाहिर परेको क्षेत्रमा बनाइएका घरहरु समेत यस पटक भत्काइएको छ । बिकासको क्रममा विनास त अवश्य हुन्छ । तर, उचित मुआब्जाको व्यवस्था गरेर सरकारले यस्ता समस्या समाधान गर्न भने सक्छ । तर, वास्ताविक पीडित भने छ्ट्याउन आवश्यक छ ।
Comments
Post a Comment