Skip to main content

प्रजातन्त्र दिवसको अबसरमा काठमाडौंको सैनिकमञ्चमा विशेष समारोह

काठमाडौं । ६८औं प्रजातन्त्र दिवस विभिनन कार्यक्रम गरि मनाईएको छ । दिवसको अबसरमा काठमाडौंमा विशेष समारोह गरिएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश सहित मन्त्री, संवैधानिक र सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी थिए ।


समारोहमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सलामी अर्पण गरेको थियो भने राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुलीले शान्तिको कामना गर्दै सेतो परेवा उडाएका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको दावी गर्नुभयो ।



नागरिकको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति तथा कार्यक्रमबाट नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरु गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यसअघि नेपाली सेनाका हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो भने सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मार्चपास गरिएको थियो । उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना संस्कृति झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए ।

Comments

Popular posts from this blog

प्रदेश १ मा कांग्रेसले संसदीय दलको नेता चुन्यो

मोरङ । एक नम्बर प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियतामा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता चुनेको छ । संसदीय दलको नेतामा राजीव कोइराला निर्वाचित हुनु भएको छ । सोमवार नेपाली कांग्रेस मोरङको कार्यालयमा भएको संसदीय दलको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो । तर, दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध हुनु भएको हो । संसदीय दलका आकांक्षी केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित हुनुभएको हो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव भएर काम गरिसकेका थापालाई उम्मेदवारी फिर्ता गराउन निर्वाचन कार्यक्रम नै सार्नु परेको थियो । दलको नेता निर्वाचित कोइरालाले एक नम्बर प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सभागीता जनाउने छन् । एक नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका २१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

विष्फोटमा परी राज्यसभा निर्वाचनका उम्मेदवारसहित चारको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राती भएको विष्फोटमा परी चुनावी अभियानमा रहेका एक जना राजनीज्ञसहित चार जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ । विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार रहेका ४३ वर्षीय जोनाथन एन साङ्माको निधन भएको हो । उहाँ निर्वाचनकै सिलसिलामा ‘इस्ट गारो हिल्स’ जिल्लामा सम्वोधनका लागि जानुभएको थियो । मत्यु भएका अन्य दुई जना सामान्य नागरिक र एक प्रहरी रहेका बताइएको छ । उनीहरू साङ्माको निर्वाचन अभियानमा सहयोग गर्न उहाँकै कारमा यात्रा गरिरहेका थिए । उक्त क्षेत्र चीन, भुटान, नेपाल, म्यानमार र बङ्गलादेशको सिमानामा रहेको भूभाग हो । मेघालयमा ६० सदस्यीय राज्यसभाको लागि यही फेब्रुवरी २७ मा निर्वाचन हुने कार्यक्रम छ । मुख्यमन्त्री मुकुल साङ्माले घटना राजनीतिक प्रतिशोध लिन गराइएको हुनसक्ने बताउँदै यसबारे थप कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताउनुभयो । उहाँले मेघालयको शान्तिपूर्ण वातावरणलाई निर्दोष नागरिकको हत्याले नखल्वलाउने दावी गर्दै विष्फोटमा सम्लग्नलाई कानूनी दायरामा ल्याएर छोड्ने ट्वीटरमार्फत बताउनुभयो ।

विद्युतीय धरापमा परी २७ अर्धसैनिकको मृत्यु

बगदाद । इराकको किर्कुक प्रान्त अन्तर्गत पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी २७ जना भन्दा बढीको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस)ले थापेको धरापमा परी मृत्यु हुनेहरू सवै जना हासद शाबीका अर्थसैन्य लडाकू रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका वेला आइतबार राती सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ । हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको १६औ बाहिनीका २२ अर्धसैनिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ । धरापमा परी अर्धसैिनकका आठ ओटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फको कुनै क्षतिबारेमा जानकारी नआएको अधिकारीहरुले सिन्ह्वालाई जानकारी दिएका छन् ।