Skip to main content

प्रदेश १ का उच्च पदस्थका लागि सरकारी आवासको खोजी जारी

मोरङ । प्रदेशस्तरीय कार्यालय व्यवस्थापन र सञ्चालनमा कर्मचारीलाई निकै सकस परेको छ । मन्त्रालयका लागि भवन खोज्ने झन्झट व्यहोरेका कर्मचारी यतिबेला उच्च पदस्थ अधिकारीको सरकारी आवासका कारण पिरोलिएका छन् । सरकारी आवासको प्रबन्ध नहुँदा कतिपय मन्त्री होटलमा बसिरहेका छन् भने कतिपय घरबाटै धाउन बाध्य छन् ।
प्रदेश एकको अस्थायी मुकाम विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित पाँच मन्त्रालयको कार्यालयगत संरचना बनेको छ । बल्ल–बल्ल मन्त्रालय भवनको व्यवस्था मिलाएका कर्मचारी यतिबेला प्रदेशका उच्च पदस्थ अधिकारीको आवास कहाँ बनाउने भन्ने पिरलोमा छन् । मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीका साथै सचिवलगायतमा उच्च अधिकारीका लागि आवासको व्यवस्थापनमा निकै कठिन बनेको हो ।
सरकारी आवासको व्यवस्था नभएका कारण प्रदेश प्रमुख गोविन्द सुब्बा सुनसरी मोरङ सिंचाई आयोजना र मुख्यमन्त्री शेरधन राई नेपाल राष्ट्रिय बैंकको गेष्ट हाउसमा बस्दै आएका छन् । मुख्यमन्त्रीको कार्यालयले राष्ट्र बैंकको गेष्ट हाउसको विकल्प खोजिरहेपनि भेटेको छैन ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो विराटनगरका होटलमा बसिरहेका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरे विराटनगरस्थित आप्mनै निवासमा बस्छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियत सुनसरीबाटै मन्त्रालय धाइरहेका छन् ।
मन्त्रालय रहने भवनमा पनि आन्तरिक व्यवस्थापनको काम धमाधम भइरहेको छ । खटाइएका कर्मचारी नपुगेका कारण मुख्यमन्त्रीको कार्यालयसहित मन्त्रालयमा आन्तरिक व्यवस्थापनको पाटो कमजोर छ । व्यवस्था र संरचना दुबै नयाँ भएका कारण प्रदेशस्तरका मन्त्रालयले कामको गति सम्हाल्न केही समय लाग्ने कर्मचारीको भनाइ छ ।

Comments

Popular posts from this blog

प्रदेश १ मा कांग्रेसले संसदीय दलको नेता चुन्यो

मोरङ । एक नम्बर प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियतामा रहेको नेपाली कांग्रेसले संसदीय दलको नेता चुनेको छ । संसदीय दलको नेतामा राजीव कोइराला निर्वाचित हुनु भएको छ । सोमवार नेपाली कांग्रेस मोरङको कार्यालयमा भएको संसदीय दलको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो । तर, दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध हुनु भएको हो । संसदीय दलका आकांक्षी केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध निर्वाचित हुनुभएको हो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव भएर काम गरिसकेका थापालाई उम्मेदवारी फिर्ता गराउन निर्वाचन कार्यक्रम नै सार्नु परेको थियो । दलको नेता निर्वाचित कोइरालाले एक नम्बर प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सभागीता जनाउने छन् । एक नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका २१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

विष्फोटमा परी राज्यसभा निर्वाचनका उम्मेदवारसहित चारको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राती भएको विष्फोटमा परी चुनावी अभियानमा रहेका एक जना राजनीज्ञसहित चार जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ । विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार रहेका ४३ वर्षीय जोनाथन एन साङ्माको निधन भएको हो । उहाँ निर्वाचनकै सिलसिलामा ‘इस्ट गारो हिल्स’ जिल्लामा सम्वोधनका लागि जानुभएको थियो । मत्यु भएका अन्य दुई जना सामान्य नागरिक र एक प्रहरी रहेका बताइएको छ । उनीहरू साङ्माको निर्वाचन अभियानमा सहयोग गर्न उहाँकै कारमा यात्रा गरिरहेका थिए । उक्त क्षेत्र चीन, भुटान, नेपाल, म्यानमार र बङ्गलादेशको सिमानामा रहेको भूभाग हो । मेघालयमा ६० सदस्यीय राज्यसभाको लागि यही फेब्रुवरी २७ मा निर्वाचन हुने कार्यक्रम छ । मुख्यमन्त्री मुकुल साङ्माले घटना राजनीतिक प्रतिशोध लिन गराइएको हुनसक्ने बताउँदै यसबारे थप कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताउनुभयो । उहाँले मेघालयको शान्तिपूर्ण वातावरणलाई निर्दोष नागरिकको हत्याले नखल्वलाउने दावी गर्दै विष्फोटमा सम्लग्नलाई कानूनी दायरामा ल्याएर छोड्ने ट्वीटरमार्फत बताउनुभयो ।

विद्युतीय धरापमा परी २७ अर्धसैनिकको मृत्यु

बगदाद । इराकको किर्कुक प्रान्त अन्तर्गत पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी २७ जना भन्दा बढीको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस)ले थापेको धरापमा परी मृत्यु हुनेहरू सवै जना हासद शाबीका अर्थसैन्य लडाकू रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका वेला आइतबार राती सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ । हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको १६औ बाहिनीका २२ अर्धसैनिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ । धरापमा परी अर्धसैिनकका आठ ओटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फको कुनै क्षतिबारेमा जानकारी नआएको अधिकारीहरुले सिन्ह्वालाई जानकारी दिएका छन् ।